चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने १० बुँदे सुझाव गृहमन्त्रीलाई बुझायो
काठमाडाैं | पुस २०, २०७९
काठमाडौंः पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल चेम्बर कमर्सले काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा भारतसँगको खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको हो ।
गृहमन्त्री लामिछानेसँगको भेटमा चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबारहरु भइरहेका छन् । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजश्व समेत गुमाइ रहेको छ ।’
‘खुल्ला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइ रहेको छ । यसबाट राजस्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पर्धा गर्न समेत नसकिरहेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने छ’ सुझावमा भनिएको छ ।
नेपाल(भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए ।
चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने लगायत विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

